क्याबिन नं. ६
- taverntimairesort

- Jan 8, 2020
- 1 min read
टेवर्न एण्ड टिमाई रिसोर्टमा
अवस्थित
क्याविन नं. ६ को
टेवल र कुर्सीहरुले
म एक दिन अनुपस्थित हुदाँ
सयाद टुप्पे अनि मुस्कान भाईहरुलाई
धेरै सोध्छन् होला, खोज्छन् होला
निर्जीव वस्तुहरुले बोलिने
शब्दहरुबाट
भाषाहरुबाट ।
मलाई यस्तै लाग्छ,
किन की मैले त्यहिँ
क्याबिनमा बसेर
टेवर्न एण्ड टिमाई रिसोर्टको
कृत्रिम सौन्दर्यहरुलाई
मनमा कैद गरि
अनि
प्राकृतिक रुपमा
चित्रमा
चाइनाको ग्रेड वाल जस्तै देखिने
टिमाई खोलाका बगर
त्यो पारी भित्तामा
कलोकल्पीत स्वर्ग झै देखिने
शान्तिनगर, इरौटार, मुर्चुङ्गे
अनि कुनै समयमा
मस्तिष्कभित्र क्रास पैदा गरि
आँखालाई मनोरञ्जन दिने
गोतामे भीरको
मनोरम सौन्दर्यशिल दृश्यहरुलाई
शब्दमा कैद गरि कविता
लेखेको थिएँ ।
मैले त्यहि क्याबिनमा बसेर
ती क्याबिनका
टेवल कुर्सी र ती कोठाहरुसँग
बहस गरेको थिएँ
भन्दैथियो, सुनाउँदैथियो
यहि क्याबिन नं ६ मा बसेर
मित्रतामा बर्षौदेखि रहि आएको
वैरभावको अन्त्य भएको,
धेरै प्रेमि प्रेमिकाहरुले
कहिले नमेटिने अमर मायाको
इतिहास लेखेको,
धेरै साहित्यका शुभचिन्तकहरुले
आफ्नो पहिचानको स्वरुप बदलि दिने
रचनाहरुको सृजना गरेको,
गाउँशहरहरुलाई उज्ज्वल बनाउनेहरुले
यहि नै निर्माण खाका कोरेको,
उत्साहित हुदैँ सुनाउँदैथियो
यहि बसेर
राष्ट्रका खाम्बाहरुले
देशको जग कसरी बसाउने
ऐतिहासिक निर्णय यहि गरेको ।
हो सत्य हो
माया प्रेम साट्न
सिर्जनशील काम गर्न
दुःख भुल्न
पीडाहरु लुकाउन
सधैँ मुहारमा हाँसो राख्न
हरेक पलमा
मनोरञ्जनको पोखरीमा पौढिन
खोज्नेछन्
रोज्नेछन्
यहि क्याबिन नं. ६
हो म यसै क्याबिनको
साथी हो
जोसँग मेरो अन्तरआत्मा देखि
प्रेम बसेको छ ।
मलाई जस्तै,
धरैलाई यो क्याबिन नं. ६ सँग
प्रेम बस्नेछ ।

लेखक – वाङचु लेप्चा


Comments